धनगढीमा,दु:ख को न्युज कोरोना संक्रमित यात्रुको इतिहास: दुबई देखि दिल्ली, काठमाडौं, नेपालगन्ज हुदै धनगढी
१४ चैत, धनगढी ।
धनगढीका एक ३४ बर्षे पुरुष, जो एक कोरोनाका संक्रमण देखेका थिए, दुबईबाट दिल्ली , काठमांडू हुदै धानगढी आए खुलाएका छन् ।
स्वास्थ्य र जनसंख्या मन्त्रालयले भनेको छ कि शुक्रबार साँझ धनगढी क्षेत्रीय अस्पतालमा उपचार गरिएको- ३४ बर्षे पुरुषमा कोरोना भाइरस संक्रमण भएको पत्ता लाग्यो।
काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे ।
धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्याउने व्यक्तिको खोजी भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जनाएका छन् ।
Comments
Post a Comment