Trending Post

धनगढीमा,दु:ख को न्युज कोरोना संक्रमित यात्रुको इतिहास: दुबई देखि दिल्ली, काठमाडौं, नेपालगन्ज हुदै धनगढी

१४ चैत, धनगढी । धनगढीका एक ३४ बर्षे पुरुष, जो एक कोरोनाका संक्रमण देखेका थिए, दुबईबाट दिल्ली , काठमांडू  हुदै धानगढी आए खुलाएका छन् । स्वास्थ्य र जनसंख्या मन्त्रालयले भनेको छ कि शुक्रबार साँझ धनगढी क्षेत्रीय अस्पतालमा उपचार गरिएको- ३४ बर्षे पुरुषमा कोरोना भाइरस संक्रमण भएको पत्ता लाग्यो। काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे । धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्‍याउने व्यक्तिको खोजी भइरहेको छ । कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको ...

नेपालमा लकडाउनको दोस्रो दिन

नेपाल ट्राफिक प्रहरी प्रमुख भन्छन् - अब सवारीसाधन 'होल्ड' गरिन्छ


गएराति बानेश्वरमा अनावश्यक रुपमा निस्किएका सवारीसाधनलाई नियन्त्रणमा दिँदै ट्राफिक प्रहरी

१२ चैत, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ ।
लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो । जसअनुसार महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए । उनका अनुसार उपत्यका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।
सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए ।
यसअघि मंगलबार नियन्त्रणमा लिइएका सवारी साधनलाई केही समयपछि छाडिएको थियो । तर, सवारीसाधन तीब्र रुपमा सडकमा निकाल्ने क्रम बढेपछि नियन्त्रणमा लिइएका सवारी अहिलेलाई ‘होल्ड’ गरिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।
वानेश्वोर ट्रफिक चोक्
G



Comments