Trending Post

धनगढीमा,दु:ख को न्युज कोरोना संक्रमित यात्रुको इतिहास: दुबई देखि दिल्ली, काठमाडौं, नेपालगन्ज हुदै धनगढी

१४ चैत, धनगढी । धनगढीका एक ३४ बर्षे पुरुष, जो एक कोरोनाका संक्रमण देखेका थिए, दुबईबाट दिल्ली , काठमांडू  हुदै धानगढी आए खुलाएका छन् । स्वास्थ्य र जनसंख्या मन्त्रालयले भनेको छ कि शुक्रबार साँझ धनगढी क्षेत्रीय अस्पतालमा उपचार गरिएको- ३४ बर्षे पुरुषमा कोरोना भाइरस संक्रमण भएको पत्ता लाग्यो। काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे । धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्‍याउने व्यक्तिको खोजी भइरहेको छ । कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको ...

आज ग्यास आधा भरेको सिलिन्डर मात्र पाइने

आज ग्यास आधा भरेको सिलिन्डर मात्र पाइने


१३ चैत, काठमाडौं । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्‍याउन नसकिने जानकरी पाए अनुसार आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे ।
अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ । तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।

Comments