Trending Post

धनगढीमा,दु:ख को न्युज कोरोना संक्रमित यात्रुको इतिहास: दुबई देखि दिल्ली, काठमाडौं, नेपालगन्ज हुदै धनगढी

१४ चैत, धनगढी । धनगढीका एक ३४ बर्षे पुरुष, जो एक कोरोनाका संक्रमण देखेका थिए, दुबईबाट दिल्ली , काठमांडू  हुदै धानगढी आए खुलाएका छन् । स्वास्थ्य र जनसंख्या मन्त्रालयले भनेको छ कि शुक्रबार साँझ धनगढी क्षेत्रीय अस्पतालमा उपचार गरिएको- ३४ बर्षे पुरुषमा कोरोना भाइरस संक्रमण भएको पत्ता लाग्यो। काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे । धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्‍याउने व्यक्तिको खोजी भइरहेको छ । कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको ...

एटीएममा न स्यानिटाइजर, न साबुनपानी !

एटीएममा न स्यानिटाइजर, न साबुनपानी !


https://nepalinews24updates.blogspot.com

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्वन गरेको पाएइन ।
लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुले एटीएम मेसिनहरु ‘फूल फेज’ मा चलाएका छन् । जनताको सेवाका लागि बैंकहरु तत्पर नै देखिन्छन् । विषम परिस्थितिमा पनि बैंकहरुले सर्वसाधारणलाई सुविधा दिइरहने बताएका छन् । यसै सन्दर्भमा अनलाइनखबरको टोली मंगलबार काठमाडौंका केही एटीम सेन्टरको अवलोकन गर्‍यो । नयाँ बानेश्वर, बुद्धनगर, बिजुलीबजार, सिंहदरबार, न्यूरोड, नक्साल, लाजिम्पाट लगायतका ठाउँहरुमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका एटीएम बुथहरुमा पुग्दा सेवा सुचारु नै रहेको पाइयो ।
तर, कोरोना भाइरसबाट बच्न ती एटीएम बुथमा सुरक्षा सतर्कता भने अपनाइएको पाइएन । त्यहाँ न डिसइन्फेक्सन स्प्रे गरिएको थियो, न त स्यानिटाइजरको व्यवस्था नै ।
कुनै सामग्री छोइसकेपछि साबुन पानीले कम्तिमा २० सेकेन्ड हात धुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । स्वास्थ्यका जानकारहरुले यसका लागि अपिल गरिरहेका छन् । सरकारले पनि यसबारे बुझाउन प्रचार प्रसार तीब्र पारिरहेकै छ ।
तर, बैंकका एटीएमहरुमा न हातधुने साबुन पानी देखियो, न त स्यानिटाइजर नै ।
नयाँ बानेश्वर चोकमा रहेको एउटा बुथमा एकै ठाउँ विभिन्न ९ वटा बैंकहरुको एटीएम मेसिन राखिएका छन् । त्यहाँ मानिसहरु पैसा निकाल्न आइरहन्छन् । बुथको सुरक्षाका लागि सुरक्षा गार्ड पनि खटिएकै छन् । तर, न हात हुने पानी छ, न स्यानिटाइजर ।

Comments