Trending Post

धनगढीमा,दु:ख को न्युज कोरोना संक्रमित यात्रुको इतिहास: दुबई देखि दिल्ली, काठमाडौं, नेपालगन्ज हुदै धनगढी

१४ चैत, धनगढी । धनगढीका एक ३४ बर्षे पुरुष, जो एक कोरोनाका संक्रमण देखेका थिए, दुबईबाट दिल्ली , काठमांडू  हुदै धानगढी आए खुलाएका छन् । स्वास्थ्य र जनसंख्या मन्त्रालयले भनेको छ कि शुक्रबार साँझ धनगढी क्षेत्रीय अस्पतालमा उपचार गरिएको- ३४ बर्षे पुरुषमा कोरोना भाइरस संक्रमण भएको पत्ता लाग्यो। काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे । धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्‍याउने व्यक्तिको खोजी भइरहेको छ । कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको ...

टेकु अस्पतालमा UPDATES

टेकुको आकस्मिक कक्ष अगाडि एउटा एम्बुलेन्स रोकियो 

Shukraj Tropical / Teku Hospital

११ चैत, काठमाडौं । मंगलबार दिउँसो साढे १२ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्ष अगाडि एउटा एम्बुलेन्स रोकियो । एम्बुलेन्सबाट ओर्लिएर २ जना नागरिक अत्तालिदै सोधपुछ कक्षमा पुगे ।सोधपुछ कक्ष खाली देखेपछि उनीहरु सिधै इमर्जेन्सी कक्षभित्र प्रवेश गरे । अलिकति भित्र पस्नासाथ नेपथ्यबाट आवाज आयो–…एकछिन, एकछिन…. बाहिरै बस्नुस् त, कहाँ भित्र आको, नसोधी..।’भित्र छिरिसकेका उनीहरु डराउँदै बाहिर आए ।आकस्मिक कक्ष बाहिर कोही स्वास्थ्यकर्मी नदेखेपछि उनीहरुमध्ये एकजनाले हामीलाई सुनाए– ‘भाञ्जालाई बुखार (ज्वरो) आएका कारणले ल्याएको ।’उनको कुरा नसकिँदै सँगै रहेका अर्का व्यक्ति बोले, ‘ज्वरो आको भन्नासाथ किस्ट मेडिकल कलेजले गेट बाहिरबाटै फर्काइदियो, अनि यता ल्याको ।’उनी बोल्दाबोल्दै इमर्जेन्सी कक्षबाट एकजना चिकित्सक त्यहाँ आए ।ती चिकित्सकले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नाम मात्रको लगाएका थिए । अर्थात, सर्जिकल मास्क बन्ने कच्चा पदार्थको गाउन, हातमा पञ्जा र सामान्य बुटमात्र । टाउकोमा हेलमेट पनि थिएन । पीपीई किन नलगाएको भनेर सोधेको भए उनले पक्का भन्थे– ‘भए पो लगाउनु ।’ती चिकित्सकले एम्बुलेन्सभित्रका बिरामीलाई हेर्दै नहेरी सोधे– ‘बिरामीलाई के भएको छ, ट्राभल हिस्ट्री बताउनुस्।’बिरामीका आफन्तले सायद अंग्रेजी शब्द बुझेनन्, सोधे– ‘हजुर, डाक्टर साब ?’चिकित्सकले नेपालीमा भने, ‘बिरामीलाई कहाँबाट ल्याएको, के भएको छ ?’‘इण्डियाबाट आएको ५ दिन भयो, आजै तराईबाट ल्याएको । हनहनी ज्वरो आएको छ ।’दुईमध्ये एक व्यक्तिले यसो भन्दै गर्दा ती चिकित्सकले उनलाई भित्र लिएर गए ।उनीहरु भित्र छिरेको आधा घण्टा नाघिसकेको थियो । बिरामी बाहिरै थिए । एम्बुलेन्स चालक पनि बाहिरै कुरिरहेका ।लामो समय कुर्दा पनि चिकित्सक र बिरामीका आफन्त बाहिर नआएपछि एम्बुलेन्स चालक जंगिए– ‘यस्तो बेलामा एउटा बिरामीका लागि यसरी कुर्नुपर्‍यो भने कसरी अरु बिरामी ओसार्नु ?’उनको प्रश्न जायज थियो । तर, जवाफ कसले दिने ?हामीले उनलाई नै प्रश्न गर्‍यौं— ‘तपाईंसँग पीपीई थियो त ?’‘कहाँबाट पाउनु ?’ एम्बुलेन्स चालकले प्रश्नसहित सुनाए, ‘बाटोमा आउँदै गर्दा प्रहरीले रोकेको भएर मात्र बिरामी चढाएको, नत्र यस्तो केसका लागि सुरक्षा सामाग्रीबिना कसले बोक्छ ? हातमा लगाउने स्यानिटाइजर त छैन ।’उनले व्यक्तिगत सुरक्षा सामाग्री नहुँदा लागेको डर सुनाए । आफ्नो कर्तव्यका बारेमा बताए । अनि पछिल्ला दिनमा घटेका १/२ वटा घटना सुनाइसकेपछि निराश हुँदै भने, ‘अब एम्बुलेन्स थन्काएर बस्नुपर्ला, हामीले मात्र सेवा सोचेर नहुने रै’छ, जुन प्राइभेट अस्पताल लगे पनि ज्वरो आएको बिरामी भन्नासाथ गेटबाटै फर्काउँदो रहेछ।’एम्बुलेन्स चालक हामीसँग गफिँदै गर्दा आकस्मिक कक्षबाट चिकित्सक र बिरामीका आफन्त बाहिर निस्किए ।चिकित्सकले एम्बुलेन्स चालकलाई भने, ‘उहाँलाई राख्न यहाँ बेड खाली छैन, एपीएफ (सशस्त्र प्रहरी) अस्पताल बलम्बु लैजानू ।’चालकले सोधे– ‘त्यहाँ बेड खाली छ त ?’चिकित्सकले भने– ‘लैजानुस् न । त्यहाँ हुन सक्छ ।’चिकित्सकको कुरा सुन्नासाथ ती चालक जंगिए– ‘बेड खाली छ र भर्ना गर्छ भने लान्छु, नत्र लान्न, पहिला फोन गरेर भन्दिनुस् ।’‘लैजानुस् न, खाली हुन सक्छ ।’चिकित्सकको कुरा सकिन नपाउँदै एम्बुलेन्स चालकले फेरि सोधे– ‘उताबाट पनि फर्काइदियो भने कता लानु ?’एकपछि अर्को अस्पताल चाहार्दै फर्कंदै गरेका एम्बुलेन्स चालकको प्रश्न जायज थियो । बेड नभएका कारण त्यहाँबाट फर्काउन खोज्नु डाक्टरहरुको बाध्यता पनि वास्तविक नै थियो । कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामी र उनका आफन्तको पीडा पनि यथार्थ थियो ।अब के गर्ने त ?उनै डाक्टरले उपाए फुराए– ‘अहिले हामी क्वारेण्टाइनमा राख्छौं, पछि यता वा अन्य अस्पतालमा आइसोलेसन खाली हुनासाथ त्यहीँ भर्ना गर्छौं ।’एम्बुलेन्स चालक बिरामीलाई छाडेर त्यहाँबाट निस्किए । बिरामीका आफन्त घर फर्के ।


कर्मचारीविहीन अस्पतालको सोधपुछ कक्ष ।
उनीहरु गइसकेपछि एक चिकित्सकले मनको बह पोखे, ‘डिप्रेसनमा जाने बेला भइसक्यो, बिरामीहरु आउँछन् बेड छैन । भर्ना गर्नु नपर्ने बिरामीलाई फर्काउँदा थर्काउँछन्, भर्ना गर्नुपर्नेलाई राख्ने ठाउँ छैन ।’बोलिरहँदा उनको मुहारमा दिक्कारीको भाव प्रष्ट देखिन्थ्यो । उनी सरकारसँग आक्रोशित त थिए नै, निजी अस्पतालसँग पनि उस्तै रुष्ट।केही निजी अस्पतालको नाम लिँदै उनले भने– ‘हाच्छियुँ आएको मान्छे अस्पताल पुग्दा पनि कुनै चेकजाँच नै नगरी यहाँ पठाउँछन् ।’ नले गुनासो गर्दागर्दै त्यहाँ गुनासो गर्ने अर्का चिकित्सक थपिए ।उनी झन रुष्ट रहेछन् । हामीलाई देख्नासाथ भने– ‘यी निजी अस्पतालहरुले जहिले पनि मनपरी गर्न पाइने हो ? ज्वरो मात्रै आएर र ट्राभल हिस्ट्री नभएका बिरामीलाई त त्यहीँबाट काउन्सिलिङ गरेर पठाउनुपर्दैन ? ट्राभल हिस्ट्री मिलेका केसहरुको पनि त्यहीँको आइसोलेसनमा राखेर नमुना मात्र ल्याबमा पठाउँदा हुन्छ त ।’अर्का चिकित्सक जंगिए, ‘देशभरका बिरामीहरुलाई टेकु अस्पतालले मात्रै हेर्न सक्छ र ? आइसोलेसन बेड भएका अस्पतालले बिरामी भर्ना लिएर नमूना पठाए हुन्न ?’चिकित्सकहरु एकअर्कामा दिक्दारी पोखिरहेका थिए ।उनीहरुको कुरा सुन्दा लाग्थ्यो, अस्पतालमा मनोविश्लेषक राख्न तत्काल जरुरी छ । किनकि, कोरोनाको उपचार गर्न बसेका उनीहरु कोरोनाको डरको उपचार गर्न सक्ने अवस्थामा थिएनन् । त्यहाँ पुग्ने ४० प्रतिशत केस त डरको थियो ।


Comments